देश

तीन मन्त्रालय एमसीसीको नियन्त्रणमा गइसके, शीर्ष नेताले देश बेच्ने भए : डा. रावल (भिडियोसहित)

एमसीसीको नियन्त्रणमा मन्त्रालय !


काठमाडौँ — अहिले मुलुकमा सर्वाधिक चर्चाको विषय एमसीसी बनेको छ । हुनत यतिबेला स्थानीय तहको निर्वाचनका विषयमा सर्वाधिकमात्रै नभएर सर्वत्र चर्चाहुनुपर्ने हो । तर स्थानीय तहलाई तह लगाएर सत्तागठबन्धन एमसीसीमा होमिएपछि देश नै तरंगित बनेको छ ।

एमाले देउवासँग मिलेर एमसीसी पास गर्न तयार भए, एमालेभित्रकै केही नेताहरु त्यसको विरुद्धमा जाने भएका छन् । त्यसमध्येका एक हुन् डा. भीम रावल । एमसीसीमा सुरुवाती दिनदेखि नै विरोधमा उत्रिएका र यो सम्झौतामाथि केस्राकेस्रा केलाएर राष्ट्रहित विपरित रहेको दाबी गरिरहेका नेता रावलले फरक मत राखिरहेका छन् ।

एमसीसी पास गर्न एमाले अघि बढे आफु राष्ट्रको पक्षमा उभिने उनको मत छ । यसको मतलब उनी बरु पार्टी छोड्न तयार तर एमसीसी कदापी पारित हुन नदिने अडानमा छन् । डा. भीम रावलले योहो टेलिभिजनका कार्यक्रम एबीसी चेकमा केही गम्भीर खुलासा गरेका छन् । रावले हरेक मन्त्रालय एमसीसीको नियन्त्रणमा रहनेगरि सम्झौता गरिएकोबारेमा समेत पहिलोपटक विशेष खुलासा गर्दैछौं । आउनुहोस् स्थानीय तहको निर्वाचनदेखि एमसीसीका विषयमा डा. रावलसँग गरिएकोयो विशेष कुराकानी :