राजनीति

एमसीसीमा भीम रावलको नयाँ खुलासा, यस्ता छन् प्रमाण (भिडियोसहित)

यस्ता छन् गोप्य सम्झौता !


काठमाडौँ — अहिले मुलुकमा सर्वाधिक चर्चाको विषय एमसीसी बनेको छ । हुनत यतिबेला स्थानीय तहको निर्वाचनका विषयमा सर्वाधिकमात्रै नभएर सर्वत्र चर्चाहुनुपर्ने हो । तर स्थानीय तहलाई तह लगाएर सत्तागठबन्धन एमसीसीमा होमिएपछि देश नै तरंगित बनेको छ ।

सत्तागठबन्धनले हालसम्म स्थानीय तहको निर्वाचन गर्न मिति समेत तय गरेको छैन । बरु प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी निर्णयार्थ संसद्मा प्रस्ताव पेश गर्न खोजेपछि विवाद चुलिएर गठबन्धन नै नरहने अवस्था आएको छ । गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचनका विषयमा सहमत हुन सक्ने अवस्था रहेपनि एमसीसीको पक्षमा देउवासँग उभिन नसक्ने बताउँछन् ।

एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवादृढ लगावका अघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बाधक बनेका छन् । तर देउवालाई प्रमुख प्रतिपक्षले सहकार्यको खुलमखुल्ला आमन्त्रण गरिरहेको छ । यसका लागि सभामुख अग्नीप्रसाद सापकोटालाई पदबाट हटाउनुपर्ने र गठबन्धन भत्काउन देउवा तयार हुनुपर्ने सर्त एमालेको छ । यति भए आफु एमसीसी पास गर्न तयार रहेको एमाले नेताहरु बताउँछन् ।

एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मिल्दाजुल्दा लक्षण देखिएका छन् । गठबन्धनमै आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्यसको ठ्याक्कै विपरितमा छन् । तर ठुलो दबाबमा परेका उनीहरु गठबन्धन कि एमसीसी भन्ने पक्षमा छन् ।

त्यसबाहेक सभामुख अग्नीप्रसाद सापकोटा एकैपटक जोडिएका छन् । आफुलाई हटाएरै एमसीसी अघि बढाउन प्रमुख प्रतिपक्षले प्रधानमन्त्रीलाई उक्साइरहेका बेला सभामुखले ज्यान गए, अघि बढाउँदिन भन्ने अडानमा छन् । सभामुखले क्षेत्राधिकार बाहिर गएर यस्तो गरे एमालेको प्रस्ताव स्वीकार्दै सभामुख हटाउन पनि पछि नपर्ने प्रधानमन्त्री देउवाको तयारी छ । किनकि देउवाले प्रमुख प्रतिपक्षको साथ पाउन आधार देखेका छन् ।

यहीँ निरै देउवा र ओलीको बीचमा केही नेताहरु पहाड बनेर उभिन सक्छन् । एमाले देउवासँग मिलेर एमसीसी पास गर्न तयार भए, एमालेभित्रकै केही नेताहरु त्यसको विरुद्धमा जाने भएका छन् । त्यसमध्येका एक हुन् डा. भीम रावल । एमसीसीमा सुरुवाती दिनदेखि नै विरोधमा उत्रिएका र यो सम्झौतामाथि केस्राकेस्रा केलाएर राष्ट्रहित विपरित रहेको दाबी गरिरहेका नेता रावलले फरक मत राखिरहेका छन् । एमसीसी पास गर्न एमाले अघि बढे आफु राष्ट्रको पक्षमा उभिने उनको मत छ । यसको मतलब उनी बरु पार्टी छोड्न तयार तर एमसीसी कदापी पारित हुन नदिने अडानमा छन् ।

रावले हरेक मन्त्रालय एमसीसीको नियन्त्रणमा रहनेगरि सम्झौता गरिएकोबारेमा समेत पहिलोपटक विशेष खुलासा गरिएको छ । त्यसको पनि पहिलोपटक विशेष खुलासा गरेको छ । स्थानीय तहको निर्वाचनदेखि एमसीसीका विषयमा डा. रावलसँग योहो टेलिभिजनको कार्यक्रम एबीसी चेकमा गरिएको यो विशेष कुराकानी :