राजनीति

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको सचिवालयमा रहेर परियारले लामो समयदेखि प्रेस हेर्दै आएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रकारितामा तालिम प्राप्त गरेका परियार करिब १५ वर्षदेखि पत्रकारितामा क्रियाशिल थिए ।