काठमाडौँ – चीनको बेइजिङमा आजबाट सुरु हुने शीतकालिन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन रूसका राष्ट्रपति भ्लादिमिर पुटिन राजधानी बेइजिङ पुगेका छन्। उनी केहीबेर अघि बेइजिङ पुगेको सीसीटिभीले कैद गरेको थियो ।
बेइजिङमा पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनीहरूबीच ग्यास पाइपलाइन बनाउनेलगायत विषयमा सम्झौता हुने बताइएको छ। पुटिनको यो वर्षको पहिलो विदेश भ्रमण हो।
पछिल्लो समय युक्रेनको सीमामा रूसले १ लाखभन्दा बढी सेना जम्मा गरेपछि उसले युक्रेनमाथि आक्रमण गर्न लागेको चर्चा छ। सोही कारण अमेरिकालगायत पश्चिमा मुलुकहरूसँग उसको तनाव बढेको छ।
सिन्जियाङमा वुइगुर मुस्लिममाथि चिनियाँले दमनले उनीहरूको मानव अधिकारको हनन् भएको भन्दै अमेरिकालगायत मुलुकले बेइजिङ ओलम्पिक कूटनीतिक हिसाबले बहिष्कार गरेका छन्। एजेन्सी


प्रतिक्रिया