राजनीति

जनमत पार्टीको आन्दोलन स्थगित


काठमाडौँ – सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । पार्टीले गर्दै आएको पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको हो ।

सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसमको प्रतिकुलतामा यात्रुको विचल्ली हुने भन्दै आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव श्रीचन्दन सिंहले जानकारी दिए । राजमार्ग केन्द्रित आन्दोलनलाई रोकेर मौसमले साथ दिएअनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने सो पार्टीले निर्णय गरेको छ ।

जनमत पार्टीले गरेको निर्णय: