राजनीति

मिति तय नभए पनि निर्वाचन आयोग चुनावको तयारीमा


काठमाडौँ – सरकारले औपचारिक रुपमा स्थानीय निर्वाचनको मिति तय गरेको छैन । तर, निर्वाचन आयोग भने चुनावको तयारीमा जुटिसकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावलाई लक्षित गरी आयोगले मतदाता सङ्कलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा अरु आवश्यक पूर्व तयारीका कामहरु निरन्तर गरिरहेको छ । बाँकी रहेको केही काम भने मिति घोषणा भईसकेपछि मात्रै सुरु हुने प्रवक्ता पौडेलले जानकारी गराए ।

मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो । यसैलाई आधार मानेर निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।