राजनीति

के प्रचण्ड-ओली एक हुन सक्छन ? किन वामपन्थी एक हुने डरमा छन देउवा ? (भिडियोसहित)


काठमाडौँ — एमसीसीका विषयमा बढ्दो टकरावले सत्ता गठबन्धनमा संकट देखा परेको छ । यता प्रमुख प्रतिपक्षी एमाललेले यसैलाई दाँउपेचको विषय बनाएपछि अवको सम्भावित राजनीतिक समीकरणले चर्चा पाएको छ । ओली देउवा मिलनको चर्चा चलिरहँदा पुन वामपन्थीहरु एक हुने सम्भावनामा कति छ त ?

प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा पनि एमसीसी पास गर्ने दिसामा अघि बढेपछि सत्ता गठबन्धनमा टकराव बढ्दै गएको छ । एमसीसीका विषयमा गठबन्धनमा कोहि बाधक भए नयाँ समिकरण बन्ने कांग्रेस नेताहरुको अभिव्यक्तिका बीच एमसीसी टेवुल भएकै दिन गठबन्धन छाड्ने माओवादी केन्द्रले चेतावनी दिने गरेको छ । तर एमालेले भने यसैलाई आफ्नो दाँउपेचको विषय बनाएको छ ।

गठबन्धन विभाजित भए सभामुख हटाए एमसीसी पास गर्न सहयोग गर्ने र संसदको अवरोध हटाउने प्रस्ताव नै गरेको एमालेले स्थानीय तहको निर्वाचनको विषयमा समेत गठबन्धनलाई भिडाउन खोजिरहेको छ । देउवामा देखिएको अहिलेकोे उल्झन र पहिलेबाटै एमसीसीको पक्षमा एमाले रहनुले पनि यसलाई पुष्टि गरेको छ ।

यहि डरको खेतीमा सत्ता घटककै असहमतीका बावजुद पनि देउवाले स्थानीय तहको निर्वाचनबारे निर्णय गराएको भएपनि एमसीसीमा भने अघि बढ्न सकेका छैनन् । जसमा वामपन्थी पुन एक हुनसक्ने डरलाई मुख्य कारण भएको विश्लेषण गरिएको छ । अर्थात अप्राकृतिक सिद्धान्तमा आधारित अहिले गठबन्धन कुनै वेला फुट्ने र नयाँ बन्ने समिरणमा ओली–प्रचण्ड एक हुनसक्ने कुरालाई कम आक्न नहुने डर देउवामा देखिएको हो । यहि डरमा एमालेले समेत खेलिरहेको छ । फलत ः केहि नेताहरुले कांग्रेसंग भन्दा वामपन्थी नै एक हुनु सिद्धान्ततः सहज हुने बताए पनि केही नेताहरु भने तत्कालन यो सम्भव नभएको बताउछन् ।

२०७४ मा कांग्रेस पराजित हुनुको पछाडि वाम गठबन्धन मुख्य कारण थियो । त्यति बेला पनि प्रधानमन्त्री देउवा नै थिए र सत्ताको मुख्य हिस्सेदार माओवादी थियो । तर सरकारमा छँदै माओवादीले निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो । यहि उदाहरण देखाँउदै राजनीतिमा कोहि पनि स्थायी शत्रु वा मित्र नहुने केहि एमाले नेताहरुको भनाई छ । राजनीतिक विश्लेषकहरु भने एमालेभित्रकै यो दोहोरो चरित्र ओलीकै रणनिती भएको बताउछन । अर्थात सकेसम्म प्रचण्ड–नेपाललाई नै किनारा लगाउने दाउमा ओली रहेकोले तत्काल वामपन्थी गठबन्धन सम्भव नभएको उनीहरुको भनाई छ । यदि देउवाले साथ नदिए नेपाललाई मात्र पाखा लगाउन भएपनि ओलीले प्रचण्डलाई साथ लिएर अघि बढ्ने सम्भावनालाई नकार्न नसकिने उनीहरुको भनाई छ ।

पछिल्लो परिस्थीलाई माओवादी नेताहरुको चुनौतीको भाषा र नेपालको निरिहताले समेत प्रष्ट पारेको छ । भोलीका दिनमा बाम गठबन्धन भए आफू नसमेटिने बुझेका नेपालले यहि गठबन्धलाई दिगो बनाउने बताईरहेका छन भने माओवादी नेताहरुले एमसीसी संसदमा टेवल हुने अघिल्लै दिन गठबन्धन छाड्ने चेतावनी दिएका छन । तर जुन पार्टीले पनि आफ्नो स्वार्थका लागि एक अर्कालाई प्रयोग गर्ने डरमा रहेका कांग्रेस–माओवादी–एमालेले वारपारको स्थिती बनाएर अघि बढ्न भने सकेका छैनन् ।