राजनीति

स्थानीय तह निर्वाचनको मिति तोक्न अनेरास्ववियुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमडौँ – प्रमुख प्रतिपक्षी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनिता बराल नेतृत्वको टोली मार्च पाससहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।

निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्रसहित पुगेका अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।