राजनीति

कांग्रेसले सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव ल्याए,एमालेले सघाउने


काठमाडौँ – नेपाली कांगेसले सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव ल्याए नेकपा एमालेले कांगेसलाई सहयोग गर्ने एमालेका सचिव टोपबहादुर रायमाझीले बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको र महाअभियोग लगाउनु पर्ने भन्दै यस्तो प्रस्ताव राखेको हो ।

सभामुखलाई महाअभियोग लगाउने विषयमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने सचिव रायमाझीले बताएका छन् । महागठबन्धनबाट बनेका पार्टीहरु सरकारमा रहेको र सरकारले पहिले आफ्नो धारण स्प्रष्ट गर्नु पर्ने उनको अभिव्यक्ति छ ।

आफूहरु प्रतिपक्षमा रहेको र अहिले नै बोलेर कुनै औचित्य नहुने उनको बुझाई छ । सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा स्प्रष्ट पार्ने बताए ।