राजनीति

गृहजिल्लामा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा देखाइयो


काठमाडौँ – परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई गृहजिल्ला उदयपुरमा कालो झण्डा देखाइएको छ । बिहीबार बिहान उनलाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले कालो झण्डा देखाएका हुन् ।

गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गस्थित त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।