समाचार

मौसम प्रतिकूल बन्दा नियमित उडान प्रभावित


काठमाडौँँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित बनेको छ । खराब मौसमका कारण पोखरा, भरतपुर र सुर्खेतमा नियमित हुने उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा १६ सय मिटर आईएफआर छ । भिजिबिलीटी कम हुँदा ट्राफिक फ्रिक्वेन्सी घटेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका निर्देशक (प्रवक्ता) टेकनाथ सिटौलाले बताए । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ ।