राजनीति

सीके राउत नेतृत्वको पार्टी जनमतद्वारा राजमार्ग अवरुद्ध


काठमाडौँँ – सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन भन्दै आज राजमार्ग बन्द गरेर प्रदर्शन गरेको छ । मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै उनीहरूले आज बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका हुन्।

किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको जनमत पार्टीका कार्यकताले बताएका छन् । प्रदर्शनकारी कार्यकताहरु राजमार्गका ठाउँ–ठाउँमा बाँसका भाटा बोकेका बसेका छन्।

प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ। केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्।