राजनीति

योगेशलाई जेल कोच्ने आलेको स्टन्ट : छोपछाप पारिदै काण्ड, लाउडादेखि बताससम्म यसरी बचे मन्त्री र सचिव ? (भिडियोसहित)


काठमाडौँ — लाउडादेखि बतास हुँदै खानी काण्डमा देश प्रवेश गरेको छ । सबै काण्डमा सरकारका मन्त्रीदेखि उच्च पदस्थहरु मुछिएका छन् । तर कसैलाई कारबाही गरिएको छैन । आखिर देश कसरी काण्डैकाण्डले गिजोलिएको छ ?

एकबेला लाउडा काण्डले देशमा उधुम मच्चाएको थियो ।प्रजातन्त्र पुनःस्थापनापछि सबैभन्दा चर्चित र विवादास्पद लाउडा विमान प्रकरणको मुद्धा २१ बर्षपछि पनि टुंगिएको छैन । २०५७ मा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तारिणीदत्त चटौत यस प्रकरणमा मुछिएका थिए ।गिरिजा त खब यो संसारमा रहेनन्, चटौत भने अझै जिबितै छन् ।तर कारवाही भएन ।७६ पटकसम्म पेसी तोकिएको यो मुद्दा अहिले पनि सर्वाेच्च अदालतमा बिचाराधिन छ ।अहिले यस्तै जगजगी बतास प्रकरणले मच्चाएको छ । दोषी को हो र कारबाही कसलाई गर्ने भन्नेसम्मको तथ्य सार्वजनिक गर्नसरकारलाई हम्मेहम्मे परेको छ ।

व्यापारिक समूह बतास अर्गनाइजेशनले नारायणहिटी दरबार संग्राहालयभित्रै रेस्टुरेन्ट चलाउनसरकारसँग सम्झौता गरेको थियो । ऐतिहासिक संग्राहालयभित्रै व्यापारिक समूहलाई पोस्ने गरि तत्कालिन मन्त्रीकै संलग्नतामा निर्णय भएको जगजगी छ । व्यापारी त आफुलाई जहाँ फाइदा हुन्छ त्यही पुग्ने नै हो । बहालवाला पर्यटनमन्त्री प्रेमबहादुर आलेले बतासका सबै संरचना भत्काइदिएका छन् । पशुपति धर्मशालालाई होटल बनाएर चलाएको सम्झौता पनि रद्द गरिएको छ ।तर यस प्रकरणमा को को मुछिए क–कसलाई कारबाही हुन्छ, प्रेम आले स्वयंलाई थाहा छैन । भन्न त आलेले तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईकै संलग्नतामा अनियमितता गरिएको दाबी गर्दै आएका छन् । छानबिन समितिको प्रतिवेदनसमेत आइसक्यो । तर आरोपितलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छैन ।संग्राहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको राजीनामाबाहेक यो प्रकरणमा अरु प्रगति भएन ।

देशमा फेरि अर्काे खानी काण्ड भर्खरै सार्वजनिक भएको छ । सेटिङमा चुनढुंगा खानी उत्खनन् गर्ने र अर्बौ राजस्व छली गर्न उद्योगीलाई सहयोग गर्ने खानी विभागका महानिर्देशकसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले तत्कालिन मन्त्री लेखराज भट्ट र सचिव यामकुमारी खतिवडालाई भने उन्मुक्ति दिएको छ ।
बायट…श्रीराम महर्जन, पूर्वउपमहानिर्देशक, खानी तथा भूगर्भ विभाग

यसैपनि देश विगतदेखि नै काण्डैकाण्डले जेलिएको छ । तर सानातिनालाई कारबाही गरिए जस्तो गरिन्छ, नीतिगत तहमा रहेर काण्ड मच्चाउनेलाई छोपछाप पारिन्छ । धमिजा र चेज एयर काण्डमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुँदै उतिबेलाका पर्यटनमन्त्री तथा हालका एमाले नेता यमलाल कँडेल मुछिएका थिए ।उनीहरुले पनि उन्मुक्ति नै पाए ।उस्तै खाले वाइडबडी काण्डमा तत्कालिन मन्त्री रविन्द्र अधिकारी हुँदै काँग्रेस नेता जीवनबहादुर शाही र जीतेन्द्रनारायण देवको नाम पनि मुछियो मात्रै, कारबाहीको ‘क’ समेत उच्चारण गरिएन ।चाइना साउथवेष्ट काण्ड र एयरबस काण्डमा समेत कुनै नेतालाई कारबाही भएन । बरु सत्तापक्ष र प्रतिपक्षले एकले अर्काेलाई ढोकछोप गर्दै आएका छन् ।

देशले उस्तै चर्चित यति काण्ड ब्यहो¥यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै आर्शिवादमा एमाले सरकारकामन्त्रीहरु नै मुछिए । ओम्नी प्रकरण मच्चियो,तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेल हुँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मुछिए । ७० करोडको सेक्युरिटी प्रेस काण्डमा गोकुल बास्कोटा मुछिए, अनुसन्धान रहस्यको गर्भमै छ ।बालुवाटार जग्गा प्रकरणमा दर्जनाबढी नेताहरु मुछिएका छन् । लहरो तान्दा पहिरो निस्कीने भएपछि सत्तापक्ष र प्रतिपक्ष तैचुप मै चुप छन् । पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई अदालतमा रहेको मुद्दाले झस्काइरहन्छ । विष्णु पौडेल र विजयकुमार गच्छदार जस्ता शक्तिशाली नेता शक्तिकै ओतमा छन् ।यीनीहरुकै कारण देश भने भ्रष्टाचारको उक्लिदो ग्राफमा छ ।

यस्ता काण्ड हाम्रो देशमा कति भए भए । सबै काण्डमा खरिदार फस्यो, सेटिङमा रहेको सचिव उम्कियो । नीतिगत निर्णय गर्ने र पाए बोरै लिएर पैसा कुम्ल्यिाउने मन्त्रीहरु कहिल्यै फसेनन् । कारण सत्तामा जो रहन्छ, उसले भोलीका लागि भन्दै विपक्षमा रहेकालाई समेत बचाउँछ ।देश उसरी नै चलिरहेको छ, जसरी पशुपति शर्माले लुट्न सके लुट कान्छा लुट्न सके भन्ने गीत गाइरहेका छन् ।