समाचार

स्वास्थ्यका मापदण्ड पालना गरि ल्होसार मनाउन प्रधानमन्त्रीको आग्रह


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यका मापदण्ड पालना गर्दै सोनाम ल्होसार मनाउन आग्रह गर्नुभएको छ । कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाउन देउवाले आग्रह गर्नुभएको छ ।

देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने नेपाली विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताउनुभएको छ ।