राजनीति

देउवाको महासंकट, एमाले सहज बन्दा काँग्रेस र गठबन्धनको पेलान


काठमाडौँ — एमसीसी र स्थानीय तहको निर्वाचनका विषयले राजनीतिक क्षेत्र नै तरंगित छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा एकपछि अर्काे दबाबमा छन् । देउवालाई गठबन्धनबचाउन र र आफ्नै पार्टीमिलाउन चुनौतीपूर्ण बन्दै गएको छ ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षले बलियो मौन समर्थन गरिरहेको छ । एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धनभित्रकैदलको मत बाझिदा प्रमुख प्रतिपक्षसँग देउवाको खासै ठुलो मतभिन्नता छैन । सरकारका गतिविधिमा निगरानी र लापरबाहीमाथि आक्रामक बन्नुपर्नेप्रतिपक्ष बरु सभामुखका गतिविधिमा मात्रै आफ्नो भूमिकालाईकेन्द्रीत गरेको छ ।तरप्रतिपक्षको यत्रो समर्थन पाउँदा पनि देउवा गठबन्धनरपार्टीभित्रबाट ठुलो दबाब झेलिरहेका छन् ।त्यसमध्ये पनि पार्टीभित्रको दबाबले देउवाको भोक चैन हराएको छ ।नेपाली काँग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको चासोमा एमसीसी छ । पार्टीभित्र एमसीसी पारित गर्ने विषयमा मतभिन्नता छैन । तर स्थानीय तहको निर्वाचनदेखि चुनावी तालमेलका विषयमा पार्टी मिलाउने कि गठबन्धन बचाउने देउवाका लागि कम्ता सकसपूर्ण छैन ।

काँग्रेसभित्रको एउटा पक्ष छ, जसले देउवालाई हारहालतमा सफल बनाउन एमसीसीदेखि निर्वाचनसम्म एक मुख बनाएर समर्थन बटुल्न लागिपरेको छ ।तर ४० प्रतिशतको हिस्सेदार हैसियतमा रहेको शेखर कोइराला पक्ष स्थानीय तहको निर्वाचन पनि समयमै हुनुपर्ने र अन्यदलसँग काँग्रेसले चुनावी तालमेल पनि नगर्ने स्पष्ट अडान लिदै आएको छ ।प्रधानमन्त्री देउवा गठबन्धनमार्फत नैचुनावमा गएर फेरि ठुलो पार्टीको हैसियत कायम राख्ने, अनि संसदीय दलको नेता हुँदै फेरि प्रधानमन्त्री बन्ने लाइनमा छन् । काँग्रेस ठुलो पार्टी बन्नका लागि कम्युनिष्टहरुको विभाजन सूवर्ण अवसर बनेको छ । गठबन्धन तलमाथि भएर कदमकदाचित कम्युनिष्टहरु फेरि एक भए काँग्रेसका लागि यो अवसर गुम्नेछ । तर पनि केही नेताहरु प्रचण्ड–माधवलाई बोक्दा काँग्रेसको काँध गन्हाउन थालेको प्रतिक्रिया दिन थालेका छन् ।यद्यपी यो व्यवस्था नै कसै न कसैसँग गठबन्धन गर्ने पर्ने अभ्यासमा चलिरहेकोले केही नेता यसको आवश्यकता देखिरहेका छन् ।

देउवाको मुख्य चासोमा परेको एमसीसी राजनीतिक कचिङगलको विषय बन्दा जनमत नै पक्ष विपक्षमा बाँडिएको छ । अब यसलाई संसद्मा निर्णयार्थ पेश गर्दै निकास दिने पक्षमा देउवा छन् । पारित हुन चाहिने संसद्को दुई तिहाइका लागि गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको दलको समर्थन पाउनुपर्ने हुन्छ । जुन हाललाई कठिन छ । कि प्रमुख प्रतिपक्ष एमालेले सभामुख हटाउन गरेको प्रस्तावलाई स्वीकार्दै समर्थन जुटाउनुपर्नेछ । जसले गठबन्धन फुटाउने निश्चित छ । यता पार्टीभित्रको प्रतिपक्षले स्थानीय तहकोचुनाव समयमै गर्न गरेको माग र पार्टीका आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै एमसीसीका लागि परिपक्क वातावरण बनाउनुपर्नेछ ।

चौतर्फि दबाब पछि जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गर्न देउवाले खाका तयार पारेका छन् । यसैअनुसार गठबन्धनलाई सहमतिमा ल्याएरबैशाखभित्र भनिएको निर्वाचनलाई मझदारमा सारेका देउवाले एक्लै चुनावमा जाने पार्टी इतर पक्षको अडानलाई समेत सम्बोधन गर्नुपर्नेछ ।जुन देउवाका लागि चुनौतीको विषय हो ।