राजनीति

पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन


काठमाडौँ – पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका(६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बन्नुभएका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री बन्नुभएको थियो । २०२० सालदेखि राप्रपाबाट राजनीति सुरु गर्नुभएका सुवेदी अहिले भने नेपाली कांग्रेसमा आबद्ध हुनुहन्थ्यो ।