काठमाडौँ – कोरोना महामारीका बेला भोजमा सहभागी भएका कारण आलोचना भएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् । सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले जनाएको छ ।
यद्यपि, विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भन्दै प्रधानमन्त्री जोन्सनको राजीनामा मागेको छ । जोन्सनले आफूबाट गल्ती भएको स्वीकार्दै छानविन प्रतिवेदनलाई स्वीकार गर्ने बताएका छन् ।
यसैगरी, बेलायतकी पूर्व प्रधानमन्त्री टेरिजा मेले पनि संसदमा प्रधानमन्त्री जोन्सनको आलोचना गरेकी छिन् । उनले कोरोनाका कारण लागू भएका प्रतिबन्धबारे प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन भनेर जान्ने अधिकार जनतालाई भएको बताएकी छिन् ।


प्रतिक्रिया