राजनीति

मन्त्रीपरिषदको निर्णय : दूधको मूल्यदेखि नियुक्तिसम्म


काठमाडौँ – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य ६.५२ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ ।

बैठकले दुधमा १३.१७ प्रतिशतले मूल्यवृद्धि गर्दै ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ ।

यसैगरी बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धरलाई नियुक्त गरेको छ । शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो । तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गरेको हो ।

त्यसैगरी नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समिरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको छ । चितवनको भरतपुरमा केन्द्रिय शिक्षक अस्पताल निर्माण गर्ने प्रस्ताव समेत पारित भएको छ