राजनीति

स्थानीय तहको चुनावबारे कसको के धारणा छ ?


काठमाडौँ – लामो समयको राजनीतिक रस्साकस्सीपछि अब भने स्थानीय तहको निर्वाचन हुने भएको हो । सरकार चुनाव गराउन प्रतिबद्ध देखिएपछि आगामी जेठमा स्थानीय तहको चुनाव हुने वातावरण बनेको हो ।

सरकार निर्वाचन आयोगले प्रस्ताव गरेको आगामि वैशाखको मितिभन्दा एक महिना पछाडि सारेरै भ एपनि निर्वाचन गराउन प्रतिबद्ध देखिएको हो । निर्वाचनको तयारीका लागि केही समय लाग्ने भन्दै आगामी जेठमा निर्वाचन गराउने अवस्थामा सरकार पुगेको हो । तर मिति भने हालसम्म पनि घोषणा हुनसकेको छैन । स्थानीय तहको चुनावका विषयमा सरकारले निर्वाचन आयोग र अन्य राजनीतिक दलससँग पनि परामर्श गरिरहेको र छिट्टै मिति घोषणा गर्ने जनाएको छ ।

चुनाव गराउन २ महिनाको समय पर्याप्त हुने सरकारी बुझाइ छ । सत्तारुढ पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको शनिबारको बैठकले आगामि जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेपछि सरकार पनि निर्वाचनको तिव्र तयारीमा जुटेको हो । सरकार लेचुनावका लागि स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारीसमेत गरेको छ । आगामी जेठमा स्थानीय तहको चुनाव गर्दा पनि कानुनी बाधा अड्काउ फुकाउनुपर्ने भएकाले ऐन संशोधनको तयारीमा सरकार लागेको हो ।

निर्वाचन आयोगले पनि सरकारले मिति तोक्नासाथ चुनाव गराउन व्यवस्थापकीय र प्राबिधिक हिसाबले तयार रहेको जनाएको छ । सरकारले गरेको प्रतिबद्धता अनुसार छिट्टै कानुन संशोधन गरेरै भएपनि समयमै स्थानीय तहको निर्वाचन सम्पन्न भएमा नयाँ जनप्रतिनिधिको हातमा सत्ता पुग्ने र जनताले त्यसबाट लाभ लिन सक्नेछन् । यसका लागि सत्तापक्ष नै बढी जिम्मेवार बन्नुपर्ने देखिन्छ ।