राजनीति

संविधान सभा सदस्य थापाको निधन


काठमाडौँ – संविधान सभा सदस्य दुमनसिंह थापाको निधन भएको छ । संविधान सभा सदस्य थापाको काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको हो ।

थापाले ७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट संविधान सभा चुनाव जित्नुभएको थियो । थापाले दुई वटै मृगौला प्रत्यारोपण गर्नुभएको थियो ।

एमाले विभाजनपछि समाजवादीतर्फ लाग्नुभएका डा.थापा पार्टी निर्वाचन आयोगको सदस्य हुनुहुन्थ्यो ।