राजनीति

संघीय संसद् लामाे समयदेखि कामविहीन


काठमाडौँ – राष्ट्रिय सभा र प्रतिनिधि सभा लामो समयदेखि कामबिहीन जस्तै बनेका छन् । नीति निर्माण गर्ने थालो संसद्ले पछिल्लो समय एउटा पनि विधेयक पारित गर्न सकेको छैन ।

संघीय संसद्ले प्रभावकारी भूमिका खेल्न सकेको छैन । प्रमुख प्रतिपक्षी एमालेले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

यसैबीच, राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसद् सचिवालयले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएको छ । यस्तै, प्रतिनिधिसभा बैठक पनि कोरोना संक्रमणका कारण देखाउँदै १० दिन पर धकेलिएको छ ।