काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्नुपर्ने बताएका छन् । ट्रम्पले युक्रेनको चिन्ता लिनेको सट्टा आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
ट्रम्पले अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको रक्षा गर्नुपर्ने भए पनि अहिलेको अमेरिकी प्रशासन अन्य देशको ‘आक्रमण’को कुरामा व्यस्त रहेको आरोप लगाएका छन् । ट्रम्पले बाइडेनले तेस्रो विश्वयुद्धको जोखिम सिर्जना गरिरहेको चेतावनी दिएका छन् ।


प्रतिक्रिया