राजनीति

डा.भट्टराईको मध्यरातमा ट्विट: गठबन्धन टुट्छ भने एमसीसी पास गरौँ


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धन टुट्छ भने एमसीसी सम्झौता पास गर्नुपर्ने बताएका छन् । उनले मध्यरात १२ बजे ट्विट गर्दै एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गर्नुपर्ने बताएका हुन् ।

डा.भट्टराईले एमसिसीकै वहानामा प्रतिगमन बिरोधी गठबन्धन टुट्न नहुने बताउँदै जनतामा एमसीसीबारे भ्रम रहेको र त्यसलाई सबैले एकमुख भएर बुझाउने पर्ने बताए ।
उनले ट्वीटमा भनेका छन्, ‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊॅ । यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’