राजनीति

देउवा र प्रचण्ड-माधवबीच चर्काचर्की : स्थानीय चुनाव र एमसीसीमा लफडा, गठबन्धन तोड्ने देउवाको चेतावनी (भिडियोसहित)


काठमाडौँ — चुनावी तालमेलको लक्ष्य बोकेर गठबन्धन गरेका पाँच दलबीच मत बाँझिदा बारम्बार खटपट चलिरहेकै छ । स्थानीय तहको निर्वाचनदेखि एमसीसीका मुद्दामा फरकफरक मत आएका छन् । यतिबेलै गठबन्धनको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुट्ने चेतावनी दिपछि अन्य दल दबाबमा परेका छन् ।

स्थानीय तहको निर्वाचनका विषयमा निर्णय गर्न शनिबार साँझ बसेको सत्तागठबन्धनको बैठकमा एमसीसीको विषयले प्रवेश पाएपछि केही बेर नेताहरुबीच चर्काचर्की नै भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले फेब्रुअरी १ मै एमसीसीबारे निर्णय गर्नुपर्ने ताकेता गरेको भन्दै संसद्को चालु अधिवेशनमैप्रस्ताव पेश गर्ने अडान लिए । तत्कालै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु देउवाको विपक्षमा उभिए । देउवाले ‘एमसीसी अनुमोदनका लागि आइतबारको संसद्मा प्रस्तावपेश गर्छु, भोट हाल्न मन भए हाल्नुस् नत्र गठबन्धन टुट्छ’ भनेपछि एमसीसीको विपक्षमा रहेका नेताहरुले समेत ‘एमाले अध्यक्ष केपी ओलीसँग मिलेर पास गर्ने भए गर्नुस्, जालझेल गरेर गठबन्धन टिकाउनु छैन भन्ने आशयको चर्काचर्की परेको नेताहरुले बताएका छन् ।

देउवाको प्रस्ताव पेश गर्ने तयारी र प्रचण्ड–माधवको रोक्ने अडानकै बीच आइतबार एक बजे बोलाइएको प्रतिनिधिसभा बैठक सभामुखले रहस्यमय ढंगबाटमाघ २६ पर धकेलिदिएका छन् ।कारण कोभिडको भनिएपनि गठबन्धनकै खटपटले काम गरेको बुझ्न कठिन छैन ।उसोत, स्थानीय तहको निर्वाचन गर्ने विषयमा गठबन्धनले शनिबार साँझ जेठ मसान्तभित्र चुनाव गर्ने निर्णय गरेको छ । देउवाकै दबाबमा चुनाव गर्ने मोटामोटी सहमति भएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुको अनिच्छा कायमै रहेको देखिन्छ ।

स्थानीय चुनावलाई ६ महिना पर धकेल्दै तीनै तहको निर्वाचन एकैपटक गर्न माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ऐन संसोधनको प्रस्ताव गरेका थिए ।तर चौतर्फी दबाब परेपछि प्रधानमन्त्री देउवाले तत्कालै चुनाव गर्ने प्रस्ताव गरे । बाध्यताबस् गठबन्धनमा सहमति जुटेको छ । अब ऐन संसोधन भएपनिजेठ मसान्तभित्र चुनाव गर्नुपर्नेछ । माधव नेपालले जसोतसो आफु सामना गर्न तयार रहेको जवाफ दिएका छन् । तर प्रचण्डको मौनताले आन्तरिक रुपमा केही पाकिरहेको संकेत गरेको छ ।

काँग्रेससँग तालमेल नभए चुनाव जित्नै कठिन हुने प्रचण्ड–माधवको प्रक्षेपणका अघि सबै निर्वाचनमा गठबन्धन कायम रहने आश्वस्त पार्दै देउवाले स्थानीय तहको निर्वाचनबारे सहमति जुटाएका हुन् । तर यसलाई सार्थकतामा पु¥याउनका लागि काँग्रेसभित्रै एकमत छैन ।देउवाकै पार्टीभित्रका अधिकांश नेताहरुले स्थानीय तहमा गठबन्धन स्वीकार्ने पक्षमा छैनन् भने कार्यकर्ता माओवादीलगायतका दललाई भोट हाल्न तयार देखिदैनन् ।शेखर कोइराला पक्ष त सार्वजनिक मञ्चमै घोषणा गरेर चुनावी तालमेल नहुने स्पष्ट अडान राख्दै आएको छ ।कतिपय नेताहरु त प्रचण्ड–माधवलाई बोकेर काँग्रेसको काँध गन्हाउन थालेको बताउन थालेका छन् ।

यसो हेर्दा गठबन्धनबाट देउवाभन्दा प्रचण्ड–माधवलाई बढी नै फाइदा छ । एमाले हराउनुलाई उद्देश्य बनाएका उनीहरु गठबन्धनको बलमा मात्रै चुनाव जित्न सक्ने आँकिरहेका छन् ।तर देउवा भने, प्रचण्ड–माधवको बाध्यतालाई हतियार बनाएर स्थानीय तहको निर्वाचनदेखि एमसीसीसम्म पास गर्ने योजनाबद्ध लाइनमा छन् ।यद्यपि उनको योजना सफल हुन आन्तरिक रुपमा खेलिरहेका प्रचण्डको कदमले अर्थ दिनेछ । गठबन्धनको खटपट देखेर प्रमुख प्रतिपक्ष भने हर्षित अवस्थामा देखिएको छ ।