राजनीति

‘शहीदहरुको योगदानलाई सम्मान गर्दै देशको लागि अघि बढौं’


कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहीदहरुको योगदानलाई सम्मान गरेर देश र जनताको लागि अठोटकासाथ अघि बढ्नु पर्ने बताउनु भएको छ । आईतवार शहीद दिवसको अवसरमा बोल्दै शाक्यले शहीदका सपनाहरुलाई साकार गर्न उनीहरुका सपनाको पहिचान गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

मेयर शाक्यले भन्नुभयो, ‘देश र जनताको लागि आहूति दिने शहीदहरुले मुलुकप्रति देखाएको समर्पण अतुलनीय छ । उहाँहरुले आफ्नो परिवार नहेरिकन लोकतन्त्र र देश, जनताको लागि योगदान गर्नुभएको छ त्यो कसैले पनि बिर्सन सक्दैन । शहीदहरुले दिएको योगदानलाई सम्मान गर्दै त्यही बाटोमा पहिल्याउँदै हामी सबैले देश र जनताको लागि केही गर्ने अठोटकासाथ अघि बढ्नुपर्छ । अघि बढेर उहाँहरुले देखेको सपनालाई साकार बनाउनु पर्छ ।’

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले शहीदहरुको सम्झनास्वरुप माघ १० गते शहीद शुक्रराज शास्त्री, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा र माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा माल्यार्पण गरेको बताउनु भयो