राजनीति

प्रधानमन्त्रीद्वारा शहीद स्तम्भमा माल्यार्पण


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शहीदको स्तम्भमा माल्यार्पण गरिएको छ । प्रधानमन्त्री देउवाले राजधानीको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।

कोरोना संक्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।