राजनीति

प्रतिनिधि सभाको पूर्वनिर्धारित बैठक १० दिन पर सर्याे


काठमाडौँ – संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको पूर्वनिर्धारित बैठक १० दिन पर सरेको छ । आजका लागि बोलाइएको बैठक सूचना जारी गरी माघ २६ गते सम्मका लागि स्थगित गरिएको छ ।

कोरोना संक्रमणको जोखिम यथावत् रहेको भन्दै संसद सचिवालयले बैठक सार्नुपरेको जनाएको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार अब प्रतिनिधिसभा बैठक माघ २६ गते १ बजे बस्ने छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । राष्ट्रिय सभाको बैठक भने भोलि बस्ने तय गरिएको छ ।