राजनीति

शहिदको बलिदानले नै जनताको शासन स्थापित भएको प्रधानमन्त्रीको भनाई


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको बताउनुभएको छ ।

शहिद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले सहिदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।