राजनीति

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु


काठमाडौँ — स्थानीय निकाय निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः सुरु भएको छ ।

शनिबार बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक पुनः बसेको हो ।

दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।