राजनीति

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सभामुखले बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका हुन्।

संसद बैठक आइतवार दिउँसो १ बजे बस्दैछ । सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब छ । तर, संविधान र कानुन बाझिएकोले त्यसलाई संसोधन गर्नुपर्ने सुझाव छ।

स्थानीय तहको निर्वाचन मिति तोक्न ढिलाइ भइरहेका बेला संसदको बैठक बस्न लागेको हो । नेकपा एमालेले भदौदेखि संसद बैठक अवरुद्ध गरिरहेको छ ।