राजनीति

आफू निकट कानुनविद्सँग पुन: बैठक बस्दै सत्ता गठबन्धन


काठमाडौँ – स्थानीय तह निर्वाचनको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनका दलहरु आज अपराह्न कानुनविद्हरुसँग फेरि बैठकमा बस्ने भएका छन् । आज बिहान बसेको गठबन्धनको बैठकले पुन कानुनविद्हरुसँग परामर्श गर्ने निर्णय गरेको हो ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएपछि पुन गठबन्धन दल निकट कानुन व्यवसायीलाई छलफलका लागि बोलाइएको हो ।

गठबन्धनले यसअघि पनि केही कानुनविद्हरूसँग छलफल गरेको थियो । उनीहरूले स्थानीय निर्वाचन ऐन संशोधन गर्न सुझाव दिएका थिए । उनीहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए। तर, निर्वाचन आयोगले भने कानुन अनुसार भन्दै बैशाखमा नै निर्वाचन गर्न दुई मिति प्रस्ताव गरेको थियो भने उसले पुन सरकारलाई निर्वाचनको मिति चाँडो तोक्न आग्रह गरेको छ।