काठमाडौँ – स्थानीय तह निर्वाचन मितिबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुजवाटारमा आज बिहान बसेको बैठकमा निर्वाचनको मितिबारे सहमति नजुटेकोे हो ।
सहमति जुट्न नसकेपछि आजै अपराह्न ४ बजे फेरि बस्ने गरी बैठक सकिएको नेताहरूले बताएका छन् । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शुक्रबार छलफल गरेपछि आज गठबन्धनको बैठक बसेको थियो ।


प्रतिक्रिया