राजनीति

कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन


काठमाडौँ – नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।

केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव सर्वसम्मतरूपमा पारित भएको हो । कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा.शेखर कोइरालासहित पूर्वपदाधिकारीहरू समेटिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी हप्ता कांग्रेस कार्यसम्पादन समितिको बैठक बसि राष्ट्रिय राजनीति, निर्वाचनको विषय र पार्टीको आन्तरिक विषयहरुमाथि छलफल गरिने बताउनुभयो ।

केन्द्रीय कार्यसम्पादन समितिको आगामी बैठकले सरकार सञ्चालनको सम्बन्धमा पार्टीको तर्फबाट सुझावहरु पनि दिने महामन्त्री थापाले बताउनुभयो ।।