राजनीति

निर्वाचन मितिबारे सत्ता गठबन्धन दलबीच छलफल हुँदै


काठमाडौँ – स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्ता गठबन्धन दलहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनको समीक्षासमेत हुने बताइएको छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शुक्रबार छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो ।