राजनीति

चैत्रमसान्तसम्म मेलम्चीको पानी उपत्यकामा


काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना र आमनागरिकको चासोको विषय क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत्र मसान्तभित्र काठमाडौँ उपत्यकाबासीलाई वितरण गर्न खानेपानी मन्त्री उमाकान्त चौधरीले ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन् ।

गत असारमा आएको बाढीबाट क्षतिग्रस्त भएको आयोजनास्थलको स्थलगत निरिक्षण गर्न मेलम्ची पुगेका मन्त्री चौधरीले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आयोजनाको सम्झौताअनुसार निर्धारित मितिमै द्रुत गतिमा पुनः स्थापना गर्न निर्देशन दिएका थिए ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का र आयोजनाका अन्य भौतिक संरचना निर्माणको काम हुँदै छ ।