कोरोना विशेष

२४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । १० जनाको मृत्यु भएको छ भने नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ । ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३९ जना कोरोना संक्रमित थपिएका छन् ।