देश

सीमावर्ती क्षेत्रबाट भरुवा बन्दुक बरामद


काठमाडौँ – दाङको सीमावर्ती क्षेत्रबाट एकनाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको दाङ गढवा गाउँपालिका–८ दुर्गा सामुदायिक वन भालुखोलास्थित सीमावर्ती क्षेत्र कोइलाबास नाकाबाट हतियार बरामद गरेको हो ।

नियमित जंगल गस्ती गर्ने क्रममा माधवप्रसाद ढुङ्गेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले रुखको फेद मुनि लुकाइ राखेको भरुवा बन्दुक बरामद गरेको हो ।

बन्दुक विभिन्न किसिमका चोरीपैठरी, वन्यजन्तुको तस्करी तथा अपराधिक क्रियाकलापमा प्रयोग भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।