समाचार

जोरविजोर प्रणालीको समीक्षा गर्न प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै


काठमाडौँ – कोरोना रोकथामका लागि जारी आदेशको समीक्षा र भावी रणनीतिका बारेमा छलफल गर्न काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न यसअघि जारी गरिएको जोरविजोर प्रणालीको बारेमा समीक्षा गर्ने बताइएको छ । जोरबिजोर प्रणालीको चर्को विरोध तथा अभ्यासमा अव्यवहारिक देखिएपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले समीक्षा गर्न लागेको हो।

बैठक बस्ने समय भने निश्चित भइसकेको छैन ।