समाचार

न्याय सेवा आयोगको बैठक आज बस्दै


काठमाडौँ – लामो समयदेखि बस्न नसकेको न्याय सेवा आयोगको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् । कानुनमन्त्री बडु भने कोरोना संक्रमणपछि आइसोलेसनमा रहनुभएको छ ।

कानुन, न्याय तथा अदालतका विषयमा छलफल गर्नुपर्ने भएपनि प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन चर्किएपछि न्याय सेवाको बैठक यसअघि प्रभावित भएको थियो ।