काठमाडौँ – नेपालमा ठूला व्यापारी घरानाका भनिएकाहरु नै करोडौका ऋण लिएर फरार हुने गरेका छन् । त्यसमध्यका एक हुन् ओमप्रकाश अग्रवाल ।
अग्रवाल विगत झण्डै एक महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेका छन् । ठाडो भाषामा भन्नुपर्दा अग्रवाल अर्वौको ऋण लिएर अहिले फरार रहेका छन् । उनी लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएका थिए ।
काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो ।
अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगतसमेत गरी अर्बसम्म ऋण रहेको अनुमान छ ।
प्रतिक्रिया