विदेश

अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा


काठमाडौँ – अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नर्वेली शरणार्थी काउन्सिल (एनआरसी) ले सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानीहरु भोकमरीको जोखिममा रहेको देखाएको हो ।

अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्कालिन विद्रोही तालिवान समूहले राजधानी काबुलमा आक्रमण गरिसके पश्चात् तत्कालिन राष्ट्रपतिले देश छाडेर भागेपछि हाल अफगानिस्तानमा तालिवानको सरकार छ ।