राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


काठमाडौँ — राष्ट्रियसभाको निर्वाचन सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बुधबार सातै प्रदेशमा राष्ट्रियसभाको परिणाम आएपछि बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् ।

१९ सिटका लागि भएको राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले १८ सिटमा जित निकालेको छ । राष्ट्रियसभामा अब सत्तारुढ गठबन्धन दुईतिहाइ बहुमत नजिक छ । यस्तो अवस्थामा राष्ट्रपतिसँग प्रधानमन्त्रीको संवादलाई अर्थपूर्ण मानिएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच एक घण्टा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । संसदमा करिब साढे ३ महिनादेखि प्रमुख प्रतिपक्षी दलको अवरोध छ । संसद खुलाउने प्रधानमन्त्रीको प्रयास सफल हुन सकिरहेको छैन ।