काठमाडौँ — जबजब संविधानसँग जोडिएका मुद्दामा राजनीति प्रवेश गर्छ, तव सबैले आफु अनुकुलका ब्याख्या गर्छन । राजनीतिक दल त यसको अग्रभागमा छन् नै, संविधानविद्हरु नै यतिवेला संविधानको गलत ब्याख्या गर्न तयार भइरहेका छन् ।
आगामी तीनै तहको निर्वाचन सम्मुखमै रहँदासंविधानमा गरिएको व्यवस्थालाई लिएर आ–आफ्नै अनुकुलका ब्याख्या भइरहेका छन् । राजनीतिक दल, कानुनविज्ञ र संविधानविद्हरुले आफुलाई कसरी सहज हुन्छ, त्यसैगरि संविधानका धारा उपधाराको ब्याख्या गरिरहेका छन् ।स्थानीय तहको निर्वाचनका विषयमा संविधानमा लेखिएको छ, ‘गाउँ र नगर सभाको कार्यकाल निर्वाचन सम्पन्नभएको मितिले पाँच बर्षको हुनेछ ।त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँ र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।
तर यही धारामा राजनीतिक दलदेखि कानुनविज्ञ र संविधानविद्हरुले फरकफरक व्याख्या गरेका छन् । कसैले भन्छन् बैशाखमै निर्वाचन हुनुपर्छ, कसैले भन्छन् मंसिर फागुनसम्म गर्दा संविधानकै हित बमोजिम रहन्छ । यसै सन्दर्भमा योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा संबिधानविद् डा.भीमार्जुन आचार्यसँग गरिएको कुराकानी :


प्रतिक्रिया