राजनीति

माघ १७ का लागि बोलाइयो राष्ट्रियसभा बैठक 


काठमाडौँ — राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

संसद् सचिवालयका महासिचव डा. भरतराज गौतमले बिहीबार सूचना जारी गर्दै माघ १७ का लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।

लामो समयदेखि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।