राजनीति

यातायात कार्यालयमा बिचौलियालाई रोक लगाउन मन्त्री दाहालको निर्देशन


काठमाडौँ – वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको सुधारका लागि व्यावहारिक मात्रै नभई कानुनी कामलाई पनि अघि बढाएर लैजाने बताएका छन् । यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिँदै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए । उनले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरूलाई अनलाइनमा राख्नका लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए ।