राजनीति

कोरोना संक्रमित ओली सार्वजनिक कार्यक्रममा


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गत शनिबार कोरोनाको परीक्षण गरिएको थियो । जसको नतीजा आईतबार पोजेटिभ आयो । आईतबार संक्रमण पुष्टि भएको अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा देखा गरेका छन् ।

युवा संघ नेपालको इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा बालकोटबाट शुरु गरिएको रक्तदान कार्यक्रममा बुधबार ओली सहभागी भए । ओमिक्रोनका विरामालाई रगतको अभाग हुन नदिन राखिएको कार्यक्रममा ओली हौसला प्रदान गर्न त्यहाँ पुगेका बताइएको छ ।

प्रतिनिधि सांसद्समेत रहेका बस्नेतले अध्यक्ष ओली दुरी कायम गरेर नै त्यहाँ उपस्थिति जनाएको बताएको छन् । बुधबारदेखि युवा संघ नेपालले सप्ताहाव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।