बिजनेस

अर्थमन्त्रीले झुट बोल्न छाडेनन्, अर्थतन्त्र धराशायी भयो भन्नेलाई यसरी थर्काए (भिडियोसहित)


काठमाडौँ – सरकारले आजदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गरेको छ । भन्सारमा एकद्वार प्रणाली लागू भएसँगै भन्सारमा व्यवसायीहरुले भोग्दै आएका झनझट मुक्त हुने विश्वास गरीएका छ ।

भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताए ।

अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शिता सहित व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउने काममा सरकार लागि परेको समेत बताए । मन्त्री शर्माले डिजिटल भुक्तानीसँगै बस्तु आयात गर्ने कन्टेनरमा स्क्यानर लागू गर्ने तयारीमा सरकार रहेको बताए ।

अर्थमन्त्री शर्माले भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको लागि मुख्य चुनौती रहेको बताए । अहिले भइरहेको भन्सार सम्बन्धि ऐन संशोधन, नयाँ नीतिको निर्माण, संरचनागत र प्रक्रियागत सुधार गर्नु पर्ने आवश्यक रहेको मन्त्री शर्माको धारणा छ । पछिल्लो समय विपक्षले जनतालाई भ्रम फैल्याउने गरी अर्थतन्त्र चौपट भयो भन्दै गलत प्रचार गरिएको गनासो गरे ।
मन्त्री शर्माले सरकार व्यवसाय र बैंक बीचको अन्तरसम्बन्धलाई सन्तुलित सहकार्य र सहमति जाने खालको वातावरण बनाउन लागि परेको दावी समेत गरे । त्यस्तै अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताए । उनले अनलाइन पेमेन्ट लागू भएसँगै सहज र सरल तरिकाबाट आयातको काम हुने तथा समयको बचत , पारर्दशिता , व्यापारलाई धेरै प्रतिस्पधि र सहज बनाउन भूमिका खेल्ने दावी गरे ।

त्यस्तै भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताए । उनले बुधबारबाट सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी प्रणाली लागू भएको जानकारी गराए ।

त्यस्तै राजश्व सचिव कृष्णहरि पुस्करले भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न सरकार अग्रसर भएको बताए । उनले भन्सारमा लामो समय देखि रहेका नीतिगत समस्या, प्रक्रियागत समस्या र प्राविधिक समस्यालाई क्रमश सम्बोधन गर्ने काम गरिहेको जानकारी गराए ।

सकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गरेको छ । भन्सारमा एकद्वार प्रणाली लागू भएसँगै भन्सारमा व्यवसायीहरुले भोग्दै आएका झनझट मुक्त हुने विश्वास गरीएका छ ।