राजनीति

निर्वाचनका विषयमा एमाले र गठबन्धनको मुडभेड, तीनै तह मिति तोक्ने जोहो, एमालेलाई ठाडो चुनौती (भिडियोसहित)


काठमाडौँ – जतिजति स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल घर्किदैछ, त्यति नै निर्वाचनबारेको अन्योलता बढीरहेको छ । निर्वाचनमाथि नैसत्तापक्ष र प्रतिपक्षको सौदाबाजी चलिरहँदास्थानीय तहको मात्रै नभएर आम निर्वाचनसमेत अनिश्चियमा धकेलिदैछ ।

जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअगाडि नै स्थानीय तहको चुनावगर्नुपर्छ भन्ने व्यवस्था निर्वाचन सम्बन्धी कानुनमा छ । कानुनतः२०७९ जेठ ५ मा कार्यकाल सकिँदै छ । जेठ ६ देखि नयाँ जनप्रतिनिधिले कार्यारम्भ गर्नुपर्छ । त्यसका लागि चैत पाँच अघि नै निर्वाचन हुनेपर्ने थियो, तर अब त्यो सम्भावना रहेन ।

अनि बैशाख १४ र २२ मा चुनाव गर्नेगरि निर्वाचन आयोगले गरेको प्रस्तावसमेत निरर्थक बन्दै गएको छ । कारण, सत्तागठबन्धनमा आवद्ध दलहरु बैशाखमा स्थानीय तहको निर्वाचन हुनै नदिने बरु तीनै तहको निर्वाचन एकैपटक गर्न तिथिमितीको जोहो गर्दैछन् ।

तीनै तहको निर्वाचन एकैपटक गर्दा खर्च कटौती हुने उनीहरुको अनुमान छ । तर कानुनी र व्यवस्थापकिय चुनौतीका विषय ख्याल गरिएको छैन ।प्रमुख प्रतिपक्ष यसलाई चुनाव हुनै नदिने कार्डका रुपमा बुझिरहेको छ । कानुनमा व्यवस्था भएबमोजिम नै प्रक्रियारुपमा निर्वाचन हुनुपर्नेमा गठबन्धनले आफु अनुकुल माहोल बनाउन खोज्दा समस्या भएको प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरु बताउँछन् ।

संविधान र ऐन बाँझिएको देखाएर सत्तापक्ष र प्रतिपक्षबीच निर्वाचनको विषयमा रस्साकस्सी चलिरहेको छ । दलहरुले आ–आफ्नै ब्याख्या र आफुलाई अनुकुल हुनेगरि निर्णय गर्न खोज्दा कानुनमा लेखिएको स्पष्ट व्यवस्थामाथि नै अन्योलता छाएको छ । त्यतिमात्र होइन सरकारसमेत निर्वाचनका विषयमा रुचीकर नभएको देखिन थालेको छ ।

निर्वाचन आयोगले बारम्बार ताकेता गर्दा पनि सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको छैन । मंगलबार आयोगले पुनः सरकारलाई ताकेता गर्दै दबाब दिएको छ ।तर मुलुकका प्रमुख राजनीतिक दलहरुनैआफ्नो अनुकूल नहुने देखेपछि स्थानीय तहको मात्र नभई आम निर्वाचन समेत अनिश्चयमा धकेल्न लागि परेका छन् ।