राजनीति

कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित


काठमाडौँ — कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा निर्वाचित भएका हुन् ।