समाचार

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ३४३ मत खस्यो, ४ बजेदेखि मतगणना सुरु


काठमाडौँ — राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा ३ सय ४३ मत खसेको छ ।
३ बजेसम्म तोकिएको समयमा प्रदेश सभातर्फ १०६ र स्थानीय तहतर्फ २३७ मत खसेको हो । बागमतीमा १०९ जना प्रदेशसभा सदस्य भए पनि विवेकशील साझा पार्टिका ३ जना सांसद मतदानमा सहभागी नभएपछि १०६ मत मात्रै खसेको हो।

दुई पदका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी छ । सत्तारुढ गठबन्धनका दुई, नेकपा (एमाले) का तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जना चुनावी मैदानमा छन् ।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा ९एकीकृत समाजवादी०बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् ।

एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन् ।